मुटु फुलेर आउँछ !


पहिले गाडी चढ्दा ढुक्क भएर चढिन्थ्यो। सहज तरिकारले सार्वजनिक गाडीमा चढ्थ्यौ। बेला बेलामा परिने जाम बाहेक अरु खासै समस्या भोग्‍नु परेको थिएन। तर कोरोना महामारीपछि सार्वजनिक साधन चढ्दा युद्धको सवारी मैदानमा उत्रेको अनुभव हुन्छ भने स्यानिटाइजर, मास्क नभए बिना हतियार युद्ध लड्न हिँडे बराबर।

तर अहिले प्राय धेरै सार्वजनिक सवारी साधनहरु हतियार बिना नै सुरक्षा युद्धभूमि छिर्ने साधन जस्ता भएका छन्। उनीहरुलाई युद्धमा हतियार अति आवश्यक छ भन्ने ज्ञात हुदाँ पनि अज्ञात झै व्यवहार गरिरहेका छन्। कतिपयले हतियार भएर पनि युद्धमा त्यसको प्रयोग गरेका देखिदैन। जसले गर्दा युद्ध यानेकी कोरोना भाइरसको महामारी फैलने जोखिम अझै बढेको छ।

सरकारले पनि महामारीसँग जुध्न झण्डै ४ महिना पूर्ण रुपमा लकडाउन गरे पनि पुन: खोलिनुले झन खतराको घण्टी बजेको संकेत गरेको छ। त्यससँगै सवारी साधनहरु सूचारु भएका छन् कोरोनाको त्रास र पैसाको आसले।

कम मात्रामा सार्वजनिक सवारी साधन सूचारु भए पनि महामारीबाट बच्न केही सवारी साधन बाहेक प्राय जसोले त्यसबाट बच्ने उपाय अपनाएका देखिदैनन्। केही सवारी साधनहरु, एकदमै कमले यात्रुलाई गाडीमा चढाउन अघि नै स्यानिटाइजर दिने र गाडीभित्र सामाजिक दूरी कायम गरी यात्रा गराएको भेटिन्छ।

चन्द्रागिरी यातायात सेवाका एकजना चालक अध्यास श्रेष्ठ बसमा आफूहरुले सामाजिक दूरी कायम गर्नुका साथै स्यानिटाइजर र मास्कको प्रयोगमा ध्यान दिएको बताउँछन्।

उनी भन्छन्, ‘हाम्रो पनि सुरक्षामा कुरा छ र यात्रुहरुको पनि। त्यसैले हामीले स्यासिनटाइजर प्रयोग त गरेका छौ र सामाजिक दूरी कायम हुन्न की भनेर ‘यहाँ नबसिदिनुहोला ! शारिरीक दूरी कायम गरौँ। कोरोनाबाट आफू बचौँ, अरुलाई बचाऔँ!’ भन्ने बसको प्रत्येक एक सिटमा पप्लेट राखेका छौँ। र बसमा यात्रु चढ्नु अघि स्यानिटाइजर दिएर मात्र चढाउँछौ।’

मनमा डर भए पनि सुरक्षाका उपायहरु अपनाएकाले त्यस्तो डर नलागेको उनी बताउँछन्। गाडी सञ्चालनमा आए पनि कमाइ भने खासै नभएको उनी बताउँछन्।

‘पहिलेको भन्दा भाडा बढी लिए पनि मान्छे नभएकाले कमाइ हुदैन।’ उनले भने, ‘तेल हाल्ने पैसा उठ्छ।’

सरकार र यातायात व्यवसायीबीच भाडा बढाउने सहमति भए पनि राजधानी र स्थानीय छोटा रुटमा हाल लिइँदै आएको न्यूनतम भाडा १५

रुपैयाँ नबढ्ने भनिएको थियो। तर राजधानी र छोटा रुटका गाडीहरुले भने बढी भाडा लिइरहेका छन्।

कीर्तिपुर–रत्‍नपार्कका रुटले बल्खुसम्म २० रुपैयाँ र रत्नपार्कसम्म ३० रुपैयाँ लिने गरेको कीर्तिपुर बसाइ भएकी कल्पना शाहीले बताइन् । ‘सामान्य अवस्थामा किर्तिपुरदेखि बल्खुसम्म १५ रुपैयाँ र रत्नपार्कसम्म २० रुपैयाँ तिर्ने गरेका थियौँ, तर अहिले त ५० प्रतिशत बढेको छ।’, उनले भनिन्, ‘तर अहिले बल्लखुसम्म २० रत्नपार्कसम्म ३० रुपैयाँ लिने गरिएको छ।’

उनले कोरोना महामारीले सबैलाई मारमा पारको र सोही तरिकाले भाडा लिनु पर्ने बताइन्। किर्तिपुर–रत्नपार्क रुट हाइसका सहचालक अशोक पाण्डेले कोराना भाइरसका कारणले भाडा बढी लिएको बताए।

सरकारले २०७२ सालमा भाडादरको वैज्ञानिक समायोजन गरेर भाडादर तोकेको १३ रुपैयाँ हो। अर्थात ४ किलोमिटरसम्मको भाडा १३ रुपैयाँ तोकिएको तर व्यवसायीले गाडी चढेपछि १५ रुपैयाँ लिने गरेका थिए। तर लकडाउनपछि भने व्‍यावसायीहरुले सार्वजनिक यातायतमा भाडा अझ बढी भएको छ।

साभार: देश सञ्चार


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope