पाना खेतमा यस्ता अक्षरहरु फलाउन मन छ
सुन्दर मनहरुले स्पर्श गर्दा फूलजस्ता,
कुरुप मनहरुले छुँदा काँचका टुक्रा जस्ता ।

मलाई बाँचेका मानिसहरूका कथा होईन
बितेकाहरुलाई ब्यूँत्याएर उनिहरुका
आँखाहरुमा म बाँचेको युगको कथा हेर्न मन छ,
त्यही कथा मेरो कवितामा फलाउन मन छ ।

मेरै देशका फेवा, रारा तालमा गएर डुंगा खियाउँदै जाँदा
उठेका तरङ्गहरुसँङ आफ्नै जीवनका कथाहरु छोड्न मन छ-
ताकि म पछाडीका पात्रहरूले सुन्दै डुंगा खियाउन सकुन ।

कतै पुस्तक पार्कमा गएर नयनहरुलाई संसार देखाउन मन छ
नितान्त एक्लो अँध्यारोमा बसेर आफ्नै कलमको निबबाट
मट्टीतेलमा एकहोरो बलिरहने टुकि लेखिरहन मन छ।

तुलसी आचार्यको कबिता

By समय-समाचार

Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is kripanews59@gmail.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews. हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : kripanews59@gmail.com

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.