छोटो छ जिन्दगी फोटो खिचेर राख छिट्टै फर्कि आउछु म मुटु थिचेर राख…


छोटो छ जिन्दगी फोटो खिचेर राख
छिट्टै फर्कि आउनेछु मुटु थिचेर राख…

सुन्दा मीठो, बुझ्दा गहन र हेर्दा बैदेशिक रोजगारीको यथार्थ चित्रण झल्कने यो गीत सुन्दैगर्दा यसको बारेमा केही लेख्न यही गीतले नै प्रेरित गरेको छ। नेपाली समाजको एउटा बिडम्बना नै भन्नुपर्छ बैदेशिक रोजगारी र यसले सिर्जेका अनेक समस्याहरुले घर परिवार हुदै पुरै गाँउसमाज नै बिकृत भईरहेको अवस्था बिद्यमान छ।

समृध्द नेपालको नारा र कुराले मुलुक भित्र कुनै रोजगारी सिर्जना गर्न सकेको छैन। बैदेशिक रोजगारी आजको दिनमा बाध्यता बनिसकेको छ।बाध्यताले अनि भोलिका निम्ति केही गर्न सकिन्छ की भनेर परदेशिएका र हिडन लागेका युवाहरुको पीडाको कथाब्यथा समेटिएका गीतहरु, साहित्यहरु धेरै लेखिएका छन, गाईएका छन। यही सिलसिलामा अलि फरक स्वादमा नवगायिका मेलिना मैनालीसंग गायक भुपु पाण्डेले “छोटो छ जिन्दगी फोटो खिचेर राख……” हालै भिडियो सहित ल्याएका छन।

नारायण नेपालका शब्दमा सन्देश, आग्रह, यथार्थ, सन्देह र आाशाहरु छताछुल्ल पोखिएका छन जसमा परदेशिएका युवाहरुले जरुर एकपटक गहिराईमा पुगेर सोच्न बाध्य भई बिदेश बसाइँ छोट्याउन प्रेरित हुनेछन। गीतको शुरुमै बिदाइको नमीठो क्षण देख्न पाईन्छ भने उमेरसंग सपनाहरु साटन आँशुका कलशको साईतले झिसमिसे मै बाटो लागेको चित्र कारुणिक छ।छिट्टै फर्कने आशा अनि अनिश्चित भरोसा, के हो के हो फोटो चैं खिचेर राख भन्ने आशयको स्थायीले गीत सुन्दैगर्दा र हेर्दैगर्दा मुटुमै गाँठो पारिदिन्छ।

धन कमाउने आशामा परदेशिएकाहरुले घरमा रुनेहरुको आँशुको भाषा नबुझेको भन्दै प्राण ननिभ्दै मधुमास नबित्दै घर फर्कन गरेको आग्रह गीतको प्रथम अन्तरामा पाईन्छ।”सयलाखको यो जुनी काैडीमा नफ्याँक ” यो लाईन त गीतको प्राण नै हो र सम्पूर्ण सन्देश यसैको वरिपरि पाईन्छ।सजिलो छैन परदेशी जीवन बालुवाबाट पसिना निस्कने तातोमा तिर्खाहरु संगाल्नु पर्छ। रित्ता बादलहरुले केही ल्याउने आशा र उज्यालो आँगनमा परिवारको मुस्कान छर्ने चाहना गीतले गरेको छ।

गित यहाँ क्लिक गरेर पनि सुन्न सकिन्छ।

नव गायिका भएपनि उनको स्वरमा आत्मबिस्वाश र परिपक्वता प्रसस्त पाईन्छ। कमै मात्र सुनेको र खासै चर्चामा नदेखिएका गायक संगीतकार भुपु पाण्डेको तिख्खर स्वरमा तिनै युवाहरुको प्रतिनिधि आवाज बोलेको महसुस हुन्छ।समग्रमा यो गीत सुन्दा र हेर्दा यस्तो लाग्छ की उमेर बेचेर सपना किन्नु भन्दा, सयलाखको यो जुनी काैडीमा फ्याक्नुभन्दा आफ्नै माटोमा दश नङ्ग्रा खियाएर उमेर बिताउनु महान हुन्छ।

सय लाखको यो जुनी काैडीमा नफ्याँक………………

लेखक: पदमप्रसाद भट्टराई
झापा, हाल कतार


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope