काठमाडौँ — कोराना महामारीलगायत कारण उड्डयन तालिका फेरबदल हुँदा नेपाल वायुसेवा निगमले गत आर्थिक वर्ष ०७६/७७ मा करिब १० अर्ब रुपैयाँ घाटा व्यहोरेको छ । स्रोतका अनुसार निगमको गत आवमा सञ्चालन घाटा मात्रै ५ अर्ब रुपैयाँ हाराहारी पुगेको छ । त्यसअघिका वर्षसम्मको सञ्चित ५ अर्ब नोक्सानलाई समेत जोड्दा निगमको घाटा १० अर्ब रुपैयाँ पुगेको हो ।

यसमा ०५७ मा भएको लाउडा विमान भाडा प्रकरणको करिब २ अर्ब रुपैयाँ घाटासमेत समेटिएको छ । गत आवको पहिलो आठ महिनाको यथार्थ खर्च र अन्तिम चार महिनाको प्रक्षेपित खर्चको विश्लेषणका आधारमा निगमले यो तथ्यांक निकालेको हो ।

०७६/७७ मा निगमले २४ अर्ब ७९ करोड रुपैयाँ आम्दानीको प्रक्षेपण गरेको थियो । तर मध्य फागुनपछि कोभिड–१९ महामारीलगायत कारण निगमले प्रक्षेपण गरेको भन्दा १० अर्ब ९७ करोड रुपैयाँ कम आम्दानी गरेको हो । आम्दानीको स्रोत अन्तर्राष्ट्रिय तथा आन्तरिक यात्रु सेवा, ग्राउन्ड ह्यान्डलिङ, कार्गो, चार्टर, घर तथा उपकरण भाडालगायत हुन् । निगमले अघिल्लो आवमा १६ अर्ब ३५ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

By समय-समाचार

Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is kripanews59@gmail.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews. हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : kripanews59@gmail.com

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.