नेपालका ११ वर्षीय बालकले पत्ता लगाए छुद्र ग्रह


काठमाडौँ — नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले सन् २०१६ देखि छुद्र ग्रह खोज्ने अभियान चलाउँदै आएको छ । छुद्र ग्रह खोज्नका लागि देशका विभिन्‍न विद्यालयका विद्यार्थी, शिक्षक तथा खगोल विज्ञानमा इच्छा राख्‍नेहरु यो अभियानमा जोडिन्छन् ।

छुद्र ग्रहहरु पनि आकशीय पीण्ड हुन् र यिनीहरु अन्य ग्रहहरु जसरी नै सूर्यको परिक्रमा गर्छन् । यिनीहरु ग्रहहरुभन्दा धेरै साना हुन्छन् तर पृथ्वीलगायतका अन्य ग्रहहरुमा खस्न सम्भावना धेरै हुन्छन् । मंगल र बुध ग्रहको बीचमा अनगिन्ती छुद्र ग्रहहरु छन् ।

छुद्र ग्रह खोज्‍ने अभियानमार्फत् हालसम्म नासोले ७ सय ८९ वटा पहिलो चरणमा रेकर्ड भए । तीमध्ये दोस्रो चरणमा ७ वटा चाहिँ रेकर्ड भएर प्रोभिजनल नाम समेत पाएका छन् । अर्थात् अन्तरिक्षमा घुमिरहेका लाखौं छद्र ग्रहरुमध्ये ७ वटा छुद्र ग्रहचाहिँ नासोको अभियानमार्फत् थाहा पाइए ।

नेपालबाट पत्ता लगाइएका मध्ये २०१९-जेपी ६० नाम गरेको छुद्र ग्रहचाहिँ केन्द्रीय विद्यालय काठमाडौंमा अध्ययनरत ध्रुव व्यास जोशीले पत्ता लगाएका छन् । तीनकुने निवासी ११ वर्षीय ध्रुव कक्षा ७ मा हुँदा उनले यो ग्रह पत्ता लगाएका हुन् । अहिले उनी १२ वर्षका भए । केही दिनअघि भारतका १४ वर्षीया दुई छात्राहरुले छुद्र ग्रह पत्ता लगाएका थिए । ध्रवले पत्ता लगाएको छुद्र ग्रहको नाम डीएलपी-०००१ दिएका छन् । तर, यसको नाम चाहिँ २०१९ जेपी–६० दिइएको छ । मंगल र बुध ग्रहबीचमा घुमिरेहको मेन बेल्ट एस्टोरोइड हो ।

गत वर्ष नासोले छुद्र ग्रह खोज्‍ने अभियानका बारेमा सामाजिक सञ्चालमा सूचना राखेको थियो । सानैदेखि खगोल विज्ञानमा रुचि राख्‍ने ध्रुवले त्यसबारे आमालाई सुनाए । ध्रुवकी आमा एकता तीनकुनेस्थित नासा कलेजमा खगोल विज्ञान पढाउँछिन् । ध्रुवले बताएपछि एकताले नासोसँग सम्पर्क गरिन् । त्यसपछि टिम निर्माण भयो । नासोका अध्यक्ष सुरेश भट्टराईले पनि ध्रुवको छुद्र ग्रह खोज्‍ने इच्छा देखेर प्रभावित भए । नासोले उनलाई अभियानमा सरिक गरायो । ध्रुव भन्छन्, ‘सुरेश सरले मलाई डाटासेट सिकाइदिनुभयो । फस्ट इमेज पाएको थिएँ । एनालाइज गर्ने काम सुरेश सरले भनिदिनुभयो अनि मैले घरबाटै डाटासेटसँग काम गर्न थालेँ । मेरो कजनले पनि मलाई हेल्प गर्नुभयो ।’

kantipur


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope