जुवाडेमा पनि देखियो कोरोना

२१ श्रावण २०७७, बुधबार ०५:५२

काठमाडौं :  कारोनाको महामारीमा स्याङ्जामा दुई महिलासहित सात जनामा कोरोना पुष्टि भएको छ।  साउन ४ गते जुवा खेलेको अवस्थामा पुतलीबजार १३ मा प्रहरीले छ जनालाई पक्राउ गरेकोमा साउन ६ गते प्रहरीमा कोरोना पुष्टी भएपछि समातेको तीन दिनमा ७ गते प्रक्रिया पुरा गरेर छोडिएको थियो। 

प्रहरीबाट छुटेर घर पुगेका युवालाई पीसीआर टेष्ट गर्दा साउन १८ गते कोरोना पुष्टि भएको थियो। युवामा कोरोना सङक्रमण भेएिपछि निजको सम्पर्कमा आएका ३८ जनाको स्वाब लिएर परीक्षणमा सात जनामा कोरोना प्रमाणित भएको पुतलीबजार नगर स्वास्थ्य शाखा प्रमुख बिष्णुप्रसाद काफलेले बताए। युवाको सम्पर्कमा आएका आफ्नै घरका आमा, बुवा, दाई र श्रीमतीमा कोरोना देखिएको हो भने अन्य तीन जना गाउँले रहेका छन्।

पक्राउ परेका जुवाडेलाई होम क्वारेन्टाइनमा राख्ने सहमतिमा लगेपनि क्वारेन्टाइनमा नराख्दा समस्या आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

क्वारेन्टाइन बाहिरका सुरक्षाकर्मी, डाक्टर, एम्बुलेन्स चाल, सरसफाईकर्मी, प्रहरी परिवार, भान्से र स्थानिय गरी ५९ जना नागरिकमा कोरोना सङक्रमण देखिएको छ।
Read more at: https://thahakhabar.com/news/104607

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.