ब्रिटिस आर्मी र सिंगापुर पुलिसमा भर्ती खुल्यो


काठमाडौँ — ब्रिटिस आर्मी मुख्यालयले ब्रिटिस र सिंगापुर ‘रिक्रुट इन्टेक २०२१’ भर्ती खुलाएको छ । उसले कोभिड–१९ ले गर्दा गत वर्षको इन्टेकमा अन्तिम छनोटबाट बाहिरिएकालाई मात्र यो अवसर दिएको छ । ब्रिटेनको ब्रिगेड अफ् गोर्खाजका निम्ति ४ सय ३२ जना र सिंगापुर पुलिस फोर्समा १ सय २० जनाको छनोट गरिने ब्रिटिस आर्मी मुख्यालयले वेबसाइट आर्मी डट एमओडी डट युकेमा उल्लेख छ ।

‘प्रिय सम्भावित रिक्रुटहरू, जो रिक्रुट इन्टेक २० क्षेत्रीय र केन्द्रीय छनौटमा उपस्थित भए, जनवरी २०२१ मा हुने रिक्रुट इन्टेक २१ को केन्द्रीय छनोटमा बोलाइने हरेक पी.आर. हरूलाई हामी फोन सम्पर्क गर्नेछौं,’ ब्रिटिस गोर्खा भर्ती २०२१ प्रक्रिया सम्बन्धी जारी सूचनामा छ, ‘रिक्रुट छनोट विभागका एक कर्मचारीले तपाईंलाई ३ देखि १४ अगष्ट २०२० को बीचमा तपाईंको ब्रिटिस र सिंगापुर पुलिसमा भर्ती इच्छुक निश्चित गर्न फोन सम्पर्क गर्नु हुनेछ ।’ गत वर्षको अन्तिम छनोटबाट बाहिरिएकाहरूलाई सम्पर्कमा रहन भनिएको छ ।

ब्रिटिस आर्मी मुख्यालयका कर्णेल (महासेनानी) तथा ब्रिटिस गोर्खा नेपालका कमाण्डर रिचार्ड गुडम्यानले यसअघि कोभिड–१९ महामारीको कारण प्रत्यक्ष रूपमा यस वर्षको ‘रिक्रुटिङ’ मा फेरबदल गरिएको जनाएका थिए । ‘रजिस्ट्रेसन र क्षेत्रीय छनौट सम्भव नभएका कारण यस वर्ष हामीले नयाँ आवेदकहरूको मूल्यांकन गर्न पाउने छैनौं,’ उनले भनेका थिए ।

ब्रिटिस आर्मी र सिंगापुर पुलिस फोर्समा भर्ती छनोटका निम्ति धरान र पोखरामा रजिस्ट्रेसन फारम भराएर क्षेत्रीय छनोट गरिन्थ्यो । क्षेत्रीय छनोटमा परेकाहरूलाई पोखरामा केन्द्रीय तथा अन्तिम छनोटमा प्रतिस्पर्धा गराउने गरिन्छ । कोभिड–१९ ले गर्दा यो पटक इन्टेक–२०२० केन्द्रीय छनोट स्पर्धाबाट बाहिरिएका युवालाई मात्र अवसर दिइएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope