डराउनुपर्दैन, सरकारले लकडाउन गर्दैन

२२ श्रावण २०७७, बिहीबार ०८:५९

काठमाडौं । सरकारले अहिले चैतदेखि गरेजस्तो लकडाउनको कुनै तयारी नगरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले स्पष्ट पारेका छन् । मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

“सरकारले अहिले लकडाउन गर्दैन, जोखिम देखिएको ठाउँमा कतिपय सेवा रोक्दै जानुपर्ने हुन्छ,” उनले भने, “देशव्यापीरुपमा लकडाउन हुँदैन । चैत ११ गतेदेखि गरेको जस्तै सरकारले सोचेको छैन । यदि त्यस्तो परिस्थिति भयो भने स्थानीय प्रशासनले पनि यो कदम चाल्न सक्छ ।

झन्डै दुई दर्जन जति स्थानीय तहमा लकडाउन गरिएको छ । अहिले नै त्रसित भएर पूर्ण लकडाउन हुँदैन । आफूले अरुलाई पनि संक्रमित बनाउन सकिन्छ । त्यसैले अहिले लकडाउन हुन्छकि भनेर सन्त्रास मान्नुपर्ने छैन ।”

साभार: १२खरि

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.