संक्रमण दर बढ्दै गए अस्पतालले धान्न नसक्ने


काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकामा काेराेना भाइरसकाे संक्रमण दर बढ्दै जाँदा अप्ठ्याराे परिस्थिति सिर्जना भएको जनाएको छ।

बिहीबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले संक्रमण दर बढ्दै गए अस्पतालले धान्न नसक्ने भन्दै बेलैमा सचेत हुन सर्वसाधारणलाई अपिल गरेका छन्।

मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा प्रवक्ता डा. गाैतमले भने, ‘संक्रमण बढ्दै गएमा हाम्रा अस्पतालले धान्न सक्दैनन्। र हाम्रा स्वास्थ्यकर्मीहरु पनि अपुग हुन सक्छन्। अकालमा ज्यान जान सक्छ। त्यस कारण राेग लाग्न नदिनको लागि बेलैमा बुद्धि पुर्‍याऔँ।’

उपत्यका लगायत घना बस्ती भएका क्षेत्रमा संक्रमणको दर बढेकाले अस्पतालमा बेड, उपकरण, स्वास्थ्यकर्मी लगायतको अभाव हुने सम्भावना देखिएको भन्दै मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न पनि आग्रह गरेको छ।

अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन, कम्तिमा दुई मिटरको दूरी कायम गर्न, मास्कको प्रयाेग अनिवार्य गर्न, साबुनपानीले हात धुन तथा सेनिटाइजर प्रयोग गर्न मन्त्रालयले अपिल गरेको हो।

साथै मन्त्रालयले सरकारी, सामुदायिक तथा निजी अफिसहरुमा बैठक, गाेष्ठी, सेमिनार तथा अन्य जमघट तुरुन्त बन्द गर्न र बन्द गर्न नमिल्ने भए भर्चुअल माध्यमको प्रयाेग गर्न भनेको छ।

अस्पतालहरुमा कर्मचारीलाई सिफ्टमा काम गर्ने व्यवस्था मिलाउन र चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीले जनस्वास्थ्यका मापदण्ड अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।

यस्तै भारतीय सीमा क्षेत्रका जिल्लामा संक्रमणको दर उच्च रहेकाले प्रदेश सरकार तथा स्थानीय पालिकाहरुलाई सावधानी अपनाउन मन्त्रालयले सचेत गराएको छ।

यसका साथै सर्वसाधारणलाई स्वाब संकलनपछि रिपाेर्ट नआउन्जेलसम्म क्वारेन्टिनमा बस्न पनि मन्त्रालयले आग्रह गरेको छ।

साभार: देश सञ्चार


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope