सेनालाई भारतले दियो १० वटा भेन्टिलेटर

काठमाडौं, साउन २५ । नेपाली सेनालाई भारत सरकारले १० वटा भेन्टिलेटर उपलब्ध गराएको छ ।
कोरोना भाइरसविरुद्धको अभियानका लागि सहयोग स्वरुप भारत सरकारको तर्फबाट दुई करोड ८० लाख भारतीय रुपैयाँ बराबरको १० वटा आइसियू भेन्टिलेटर प्रदान गरेको नेपाली सेनाले जनाएको छ ।
जंगी अड्डामा आज आयोजित कार्यक्रमकाबीच नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई भेन्टिलेटर हस्तानतरण गर्नुभएको हो ।
कोभिड–१९ को महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणका लागि सरकारले तय गरेको कोभिड–१९ प्रतिकार्य राष्ट्रिय अभियान योजनालाई सहयोग पु¥याउन भारतले सहयोग स्वरुप भेन्टिलेटर प्रदान गरेको हो ।
भेन्टिलेटर हस्तान्तरणको क्रममा राजदूत क्वात्राले कोभिड–१९ विरुद्घको लडाईँमा विजय प्राप्तिका लागि नेपाललाई आवश्यक सहयोग पु¥याउन भारत प्रतिवद्द रहेको बताए ।
imagekhabar
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस