पत्रकार बलराम बानियाँको रहस्यमय मृत्यु

२८ श्रावण २०७७, बुधबार ०४:२७

पत्रकार बलराम बानियाँको रहस्यमय मृत्यु भएको छ।

उनको शव मकवानपुरमा भेटिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए।

कान्तिपुर दैनिकमा कार्यरत बानियाँ दुई दिनदेखि परिवार र कार्यालयसँग सम्पर्कविहीन रहेकाे बताइएकाे छ।

बानियाँ सोमबार दिउँसोदेखि सम्पर्कविहीन भएका थिए। उनी पछिल्लोपटक राजधानीको बल्खुचोकमा सोमबार करिब पौने चार बजे देखा परेको प्रहरीले जनाएको छ।

बल्खुमा प्रहरीको गस्ती टोलीले सोमबार दिउँसो देखेपछि उनलाई सोधपुछ गरेको थियो। त्यसपछि उनी घर जाने भन्दै बल्खु खोलाको पुलमुनितर्फ लागेको देखिएको प्रहरीले जनाएको छ।

बानियाँ पछिल्लोपटक एक दशकभन्दा अघिदेखि कान्तिपुरमा कार्यरत थिए। त्योभन्दा अघि पनि उनी कान्तिपुर, नागरिकलगायतमा सम्बद्ध रही पत्रकारिता गरेका थिए।

साभार: नेपाल समय

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.