भारतीय पूर्वराष्ट्रपति मुखर्जी कोमामा


२९ साउन, काठमाडौं । कोरोनाबाट संक्रमित भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोमामा राखिएको छ । बिहीबार बिहान नयाँ दिल्लीस्थित उनको उपचार भइरहेको आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलले उनलाई कोमामा राखिएको जानकारी दिएको हो । यद्यपि उनको अवस्था स्थिर रहेको अस्पताललले बताएको छ ।

गत सोमबार उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि उनको ब्रेन सर्जरी पनि गरिएको थियो ।

गत सोमबार ८४ वर्षीय मुखर्जी आफैंले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको बताएका थिए ।

उनका परिवारले उनको मृत्युबारे फैलिरहेको गलत समाचारको विश्वास नगर्न पनि आग्रह गरेका छन् । उनीहरुले पछिल्लो समय मुखर्जीको स्वास्थ्य अवस्थाबारे धेरै हल्ला फैलिरहेको पनि उल्लेख गरेका छन् । मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति थिए ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode