महिला पर्यटन व्यवसायीद्वारा पर्यटन मजदुरलाई राहत वितरण


पोखरा, २९ साउन
पोखराका महिला पर्यटन व्यवासायी मञ्च (ओटेफ) ले आफ्नो स्थापनाको तेस्रो वार्षिकोत्सवको अवसरमा पर्यटनक्षेत्रका मजदुरहरुलाई राहत वितरण गरेको छ । कोभिड— १९, ले पर्यटन क्षेत्रमा पारेको प्रभावका कारण संकटबाट गुज्रिएका पर्यटन मजदुरहरुलाई राहत वितरण गरेको हो ।
कार्यक्रममा प्रदेश सभा सदस्य राजिव पहारीले कोभिड— १९, ले सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा गरेको बताउनुभयो । उहाँले सरकारले भ्रमण वर्ष— २०२० लाई घोषणा गरेपछि पर्यटन क्षेत्रमा व्यवसायीले करौडाँै लगानी बढाएको र लगानी डुब्ने अवस्थामा रहेको धारणा राख्नुभयो । सरकारले पनि पर्यटन क्षेत्रमा परेको असर अवस्थालाई मिल्नेसम्मको सहयोग गरेको उहाँले भनाइ थियो ।


पर्यटन व्यवसायी महिलाहरुले पर्यटन क्षेत्रमा गर्दै आएको सामाजिक कार्यसँगै संकटको अवस्थामा मजदुरको समस्यालाइ बुझेर राहत वितरण गर्नु निकै सकारात्मक भएको बताउनुभयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवी पोखरेलले व्यवसायी महिलाले कोभिड —१९, को असरमा परेका पर्यटन मजदुरलाई राहत प्रदान गरेर सामाजिक उत्तरदायित्व पूरा गरेका बताउनुभयो । उहाँले पर्यटन क्षेत्रमा पछिल्लो दिनहरु निकै कष्टपूर्ण अवस्थाबाट गुज्रिरहेको जनाउदै समस्यामा सजगताका साथ अगाडी बढ्न आग्रह गर्नुभयो ।
वडा नं ६ का वडाध्यक्ष जगतबहादुर पहारीले पर्यटन क्षेत्रमा परेको संकटमा अहिले धैर्य भएर सामना गर्नुपरेको बताउनुभयो । कोरोनाको संक्रमण वडा देखिए पनि आत्तिएर भन्दा सुरक्षित भएर यसबाट जोगिनु पर्ने बताउनुभयो ।

महिला पर्यटन मञ्च ओटेफका अध्यक्ष जमुना पहारीले पर्यटन क्षेत्रमा लागेका मजदुर र व्यवसायी एक सिक्काका दुइ पाटा रहेको बताउनुभयो । उहाँले यस्तो अवस्थामा एक अर्कालाइ सक्दो सहयोग गर्नुपर्ने उदेश्यका साथ संस्थाले वार्षिक उत्सव पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत राहत वितरण गरेको बताउनुभयो ।
लायन्स क्लव अफ पोेखरा अञ्जुलीको तर्फबाट डिष्ट्रिकका एनएलएफ चिफ लायन दुर्गा ढकालले व्यवसाय सँगै सँगै मानवीय सेवामा पनि व्यवसायी महिला सक्रिय रहेको धारणा राख्नुभयो ।
कार्यक्रमा पर्यटन क्षेत्रमा काम गर्ने ३० जना मजदुरहरुलाइ चामल, दाल, तेल नुन लगायतका सामाग्री वितरण गरेको संस्थाका सचिव उमा भण्डारीले जानकारी दिनु भयो ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope