काठमाडाैं : नेपालमा गत मंसिरमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा सहभागी पाकिस्तानका तीन खेलाडी डोपिङमा असफल भएका छन्। जसका कारण उनीहरूले सागमा जितेको तीन पदक पनि खोसिने भएको छ।
नेपाल ओलम्पिक कमिटीले बुधबार जारी गरेको विज्ञप्तिमा पाकिस्तानी तीन खेलाडीको डोपिङ परीक्षण पोजेटिभ देखिएको जनाइएको छ। पदक खोसिने खेलाडीमा एथलेटिक्सतर्फ एक सय मिटर दौडमा कास्य पदक विजेता सामी उल्लाह, एक सय १० मिटर हर्डल्समा स्वर्ण विजेता मुहमद नइम र चार सय मिटर हर्डल्समा स्वर्ण विजेता महबुब अली रहेका छन्।
खेललगत्तै उनीहरुबाट संकलन गरिएको स्याम्पल कतारको राजधानी दोहास्थित एन्टी डोपिङ ल्याबमा परिक्षणका लागि पठाइएको थियो। जहाँ उनीहरूकाे रिपोर्ट पोजेटिभ पाइएको हो। एनओसीले विज्ञप्ति जारी गर्दै तीनै जना खेलाडीलाई चार वर्ष अर्थात् २०२३ डिसेम्बरसम्म निलम्बन गरिने जनाएको छ।१३औँ संस्करणको साग नेपालमा मंसिर १५ देखि २४ गतेसम्म आयोजना भएको थियो । आगामी संस्करणको आयोजकका रूपमा रहेको पाकिस्तानले ३२ स्वर्णसहित एक सय ३२ पदक जितेको थियो।
Read more at: https://thahakhabar.com/news/105187
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com