कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु


३१ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । यससँगै मृतकको संख्या १०४ पुगेको छ ।

मृतकमध्ये दुई जना पर्साका छन् भने एक जना कपिलवस्तुका छन् ।

पर्साको वीरगञ्ज-२६ अठराह सुगौली बस्ने ४७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा उनको शनिबार बिहान ७ बजे बाटोमै मृत्यु भएको हो । मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा संक्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए ।

उनलाई एक सातादेखि ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या देखिएको, तर समयमै अस्पतालमा नल्याउँदा मृत्यु भएको चिकित्सक डाक्टर उदय नारायण सिंहले बताए ।

यस्तै वीरगञ्जकै मुर्लीका ६० वर्षीय पुरुषको शुक्रबार बेलुकी मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि  २४ गते गण्डक कोभिड अस्पतालमा भर्ना भएका उनी उच्च रक्तचाप, मधुमेह तथा प्यारालायसिसबाट पीडित थिए ।

ONLINEKHAbAR


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode