फेसबुक संस्थापक जुकरबर्गको सम्पत्ति १ खर्ब डलर पुग्यो

३२ श्रावण २०७७, आईतवार ००:४४

काठमाडौं । विश्वको सबैभन्दा लोकप्रिय सोसल मिडिया प्लाटफम फेसबुकका संस्थापक तथा सिइओ मार्क जुकरबर्गको सम्पत्ति १ खर्ब डलर पुगेको छ ।

फेसबुक कम्पनीले टिकटकको प्रतिस्पर्धी एपको रुपमा इन्स्टाग्राम रील्स सार्वजनिक गरेसँगै फेसबुकको शेयर मूल्यमा बढोत्तरी भएसँगै जुकरबर्गको निजी सम्पत्तिले १ खर्ब डलरको कोशेढुंगा पार गरेको हो ।

शर्ट भिडियो मेकिङ एप, इन्स्टाग्राम रील्स लञ्च गरेसँगै फेसबुक कम्पनीको शेयर मूल्यमा ६ प्रतिशतको वृद्धि भयो । जसका कारण कम्पनीमा १३ प्रतिशत शेयर स्वामित्व रहेका जुकरबर्गको सम्पत्तिमा समेत उल्लेख्य वृद्धि भएको हो ।

यो सँगै जुकरबर्ग एक खर्ब डलर सम्पत्ति हुने विश्वका तेश्रो व्यक्ति बन्न सफल भएका छन् । अहिलेसम्म एक खर्ब डलर सम्पत्ति हुने व्यक्तिहरुमा अमेजन सिइओ जेफ बेजोस र माइक्रोसफ्ट संस्थापक बिल गेट्स मात्र थिए ।

डलर खर्बपति जुकरबर्गले आफ्नो जीवनकालमा फेसबुक कम्पनीमा आफ्नो नाउँमा रहेको शेयर मध्ये ९९ प्रतिशत कल्याणकारी कार्यमा दान गर्ने घोषणा गरिसकेका छन् । यसका लागि पत्नी प्रिसिला चानसँगै जुकरबर्गले एक च्यारिटी संस्था समेत स्थापना गरेका छन् ।

onlinekhabar

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.