तिजकी चेली

१ भाद्र २०७७, सोमबार ०४:३५

धेरै बर्ष भयो तिजमा माइतीको ,आगन नकुल्चेको
निक्कै रहर लागेको थियो ,अहिले के रोग आइलाग्यो ।

टेलिफोनमा कुरा गर्छु आमासग, यो मन कसरी थामु
सम्झन्छु हासिखुशी रमाएको पहिले ,आँसु कसरी थामु ।

साथीहरू सबै रमाउदा किन ,यो मन अँध्यारो हुन्छ
टाढा भयो माइतीघर भनिकन ,यो मन भित्र जल्छ ।

बोडि, तामा ,करेला, काक्रो त्यो घ्यु राखेको दर
सम्झिन्छु र टोलाउछु अहिले ,नाचेको त्यो माइतीघर ।

माथिबाट कालो बादल मडारियो ,के भनौ र खै अब
बहिनी जाउ तिमी भनिकन ,चित्त बुझाए अब ।

प्यारा साथीहरूले सोध्नी होलान ,खोइ किन आइनन भनी
भक्कानो फुट्छ जाउ कसोगरी ,भन्दिनु आउदैछ्न भनी ।

स्वर्ग समानको घर भएपनि ,तिजमा याद आउनी माइतीघरको
के गर्ने छोडेर जानुपर्ने जन्मघर ,रितिरिवाज चलिआएको ।।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.