काठमाडौं, भदौं १ । नेपाल र भारतबीच संवादको थालनी भएको छ । नक्शा प्रकाशन र लिपुलेकमा भारतीय सडक निर्माण प्रकरणपछि दुई देशबीच बढेको तिक्तताबीच सोमबार दुई पक्षबीच संवादको थालनी भएको हो ।

दुई देशबीच राजनीतिकस्तरमा संवाद नखुलेपनि कर्मचारीस्तरमा भने नेपाल भारतबीच संयुक्त निरीक्षण संयन्त्र (ओभरसाइट मेकानिज्म) को सोमबार भर्चुअल बैठक सम्पन्न भएको हो ।

यद्यपि, भारतको स्वतन्त्रता दिवसका दिन शनिवार दुबै देशका प्रधानमन्त्रीबीच टेलिफोन संवाद भने भएको थियो ।

सोमबारको बैठकमा भारतीय पक्षले नेपालमा भूकम्पबाट भत्किएका घर पुननिर्माण गर्ने क्रममा भारतले प्रतिवद्धता गरेअनुसार ५० हजारमध्ये ४६ हजार ३०१ घर निर्माण गरिएको जानकारी गराएको छ ।

सोमवारको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी र भारतका तर्फबाट भारतीय राजदूत विनय मोहन क्वात्रा सहभागी हुनुहुन्थ्यो ।

imagekhabar

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.