ओझेलको कुशे औंसी र बा


कवि: जीवन केसी 

नतमस्तक निदरीमा भयले झसक्क झस्काएको बेला
वा म कतै हराएको बेला, डराएको बेला
समयको बेगले कोशौं टाढा पुराएको बेला
यी अबोध र कलिला ओठले कहिल्यै बा भनेनन्
र त तिमी वझेलमा पर्‍यो बा
किनकी आमालाई धर्ती मान्नेले
बालाई बिशाल हृदयको आकाश कहिल्यै मानेनन् ।

मेरा दुइ चार शब्दले तिम्रो वझेल छेक्न त नसक्ला
पिडामा पिल्सिएर बगेका तिम्रा आँसु पुछ्न त नसक्ला
तर जिवनले सास फेरुन्जेल , आत्माले आँट गरुन्जेल
त्यी पिल्सिएका आँसु कम गर्न म हरेक कोसिस गर्नेछु
बस, तिमीले यती याद राख्नु कि
अस्ताउन लागेको सुर्यले,निभ्नै लागेको दियोले पनी प्रचुर रोसनी छर्छ भनेर,
फिनिक्स चरालेझैँ मृत्यु पछि पनि माथि उठेर आउँछ भनेर।

सानोमा सानो भन्दा सानो चोट लागेका बेला
रुँदा रुँदा बेहोसिएको बेला, अनि बेहोस पछि होस समालेको बेला
सपनिमा रमाउँदा रमाउँदै पहाडको अग्लो छाँगाबाट खसेको बेला
यी अबोध र कलिला ओठले कहिल्यै बा भनेनन्
र त तिमी वझेलमा पर्‍यो बा
न कबिको कबितामा, न बालकको रूवाईमा
न त पर्न नै सक्यो चोटको दुखाइमा ।

तिमीलाई समाजले कठोर माने पनि कठोर हैनौ तिमी
किनकी कठोर भन्दा पनि कठोर मरूभुमिमा पनि
मगमग बासनादार फुल फुलाएको देखेको छु
कुना कन्दराको चट्याङ फोरेर पनि पिपल पलाएको देखेको छु
अनि काडैकाँडा बिचमा पनि सुन्दर फूल फूलेको देखेको छु
तिमीलाई कठोर मान्ने समाजलाई परिवर्तनको मोडमा म मोडिरहेछु
सकारात्मक सचेतनाको आसमा म एक सासभाब छोडिरहेछु आशाको
किनकी आशाले जस्तोसुकै मरूभुमिमा पनि रूख उमार्न सक्दो रहेछ
आशाले बस्ती नबसेको समुन्द्रमा पनि बस्ती बसाल्न सक्दो रहेछ।।

बास केही समय हार नमानी दिनु कठिनाई देखि
जिन्दगीले दिएका आँसु र पिरको वझेलपन देखि
हारका भावहरुले मनमा बास गरेका बेला
आफू वझेलमा परे जस्तो लागेको बेला
ताराहरूको भिडमा हराएको एक्लो जुन सम्झनु
दुनियाँ उज्यालो पार्ने लछ्य बोकेको जुनको मुस्कान सम्झनु

हुन त जिन्दगीले दिएको पिरको, संसारले पारेको वझेलको खण्डमा
मेरा दुई चार शब्दका भिडले ओखतीको काम त नगर्लान्
हलो कोदाली समात्ने तिम्रा हात काँपेका बेला
उकाली ओराली गर्दा तिम्रा पाउ थाकेका बेला
त्यी शब्दका भिडले मलम बनी घाउ त निको नपार्लान
तर तिम्रो हृदयमा निभ्नै लागेको आशाको दियो बचाउन गर्नेछन् सामना

आज तिम्रो मुख हेर्ने दिन रे बा
संसारभर छरिएका सन्तानबाट, संसार भरिनै छरिएका सम्पूर्ण बा प्रती
कुशे औंसीको लाखौ लाख शुभकामना
कुशे औंसीको लाखौ लाख शुभकामना ।

कवि: जीवन केसी

तल क्लिक गरेर पनि सुन्न सक्नुहुनेछ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope