पोखरामा मात्रै १५ जना संक्रमित

२ भाद्र २०७७, मंगलवार ००:४१

पोखराका १५ जनासहित गण्डकी प्रदेशका विभिन्न ठाउँमा थप २५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सोमबार राति १७ जना र मंगलबार बिहान ८ जना गरी गण्डकी प्रदेशका ६ जिल्लामा २५ जना संक्रमित थपिएका हुन् ।

गण्डकी प्रदेशमा नयाँ थपिएका संक्रमितमा ६ वर्षीय बालकदेखि ८७ वर्षीय वृद्धसम्म छन् । पोखरा महानगरपालिकामा १० वर्षीय बालकसहित ५ जना महिला र २० जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

पोखरा वडा नम्बर ४ मा २१ वर्षीया महिला, वडा नम्बर ६ मा २३ र २८ वर्षीय पुरुष, ७ मा ३८ वर्षीय पुरुष र ३६ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखराकै वडा नम्बर ९ मा ३१ वर्षीया महिला र ३६ वर्षीया पुरुष, वडा नम्बर १६ मा ६६ वर्षीय पुरुष, १७ मा ८७ वर्षीय पुरुष, २७ मा २४ वर्षीया महिला, १० वर्षीय बालक र ५९ वर्षीय पुरुष तथा वडा नम्बर ३० मा ४६ वर्षीय पुरुषमा कारोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । onlinekhabar

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.