कोरोनाबाट पछिल्लो पटक ६ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १ सय २१ पुग्यो


काठमाडौं । पछिल्लो पटक कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । चितवन, धरान, ललितपुर र वीरगञ्जमा गरी ६ जनाको मृत्यु भएको हो ।

सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर– १५ की ७१ बर्षिया महिलाको मृत्यु भएको छ ।

उनको बुधबार वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रबक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिनुभयो ।

महिला दम र मुटुको दिर्घ रोगी भएको डाक्टर सापकोटाले बताउनुभयो ।

यस अघि गएराति मात्रै प्रतिष्ठानमै उपचारका क्रममा मोरङको बुढिगंगा गाँऊपालिका वडा नम्बर– २ की ६७ बर्षिया महिलाको निधन भएको थियो ।

विराटनगरको विराट मेडिकल कलेजबाट हिजो प्रतिष्ठान भर्ना भएकी उनको गए राति निधन भएको प्रतिष्ठानका प्रवक्ता सापकोटाले पुष्टि गर्नुभएको थियो ।

यता, भक्तपुरकी एक संक्रमित महिलाको पनि पाटन अस्पतालमा मृत्यु भएको छ । भक्तपुर सूर्यविनायककी ६१ वर्षीया महिलाको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको हो ।

उता, चितवनको खैरेनी नगरपालिका गोठेश्वरका १ सय ८ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनको हिजो मात्रै स्वाव संकलन गरी परीक्षणका लागि भरतपुर कोभिड अस्पताल पठाइएकोमा पजेटिभ रिपोर्ट आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले जानकारी दिनुभयो ।

यस्तै, वीरगंजमा हिजो मृत्यु भएका एक ६० वर्षीय वृद्धको मृत्यु पश्चात गरिएको परीक्षणमा कोरोना पजेटिभ आएको जनाइएको छ ।

यसैगरी, वीरगन्जकै नारायणी अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेका वीरगञ्ज महानगरपालिका– ४ विर्ता निवासी ८४ वर्षीय पुरुषको पनि मंगलबार राती मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

यो संगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय २१ पुगेको छ । पर्सामा मात्रै कोरोनाबाट २३ जनाको मृत्यु भैसकेको छ ।

Imagekhabar


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope