थप ७ सय ७ जनामा कोरोनाभाइरस संक्रमण, संक्रमितको संख्या २९ हजार ६ सय ४५

४ भाद्र २०७७, बिहीबार ११:५१

काठमाडौँ, ४ भदौ – नेपालमा बिहीबार थप ७ सय ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । विहिवार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा ७ सय ७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै संक्रमितको संख्या २९ हजार ६ सय ४५ जना पुगेको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा थप २ सय ६४ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या १७ हजार ९ सय ६४ पुगेको छ ।

हाल देशभर ११ हजार ५ सय ५५ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ११ हजार ८ सय ३२ जनाको पीसीआर परीक्षण भएको थियो । यससँगै हालसम्म ५ लाख ६५ हजार बढीको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.