४ भदौ, काठमाडौं । म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा पक्राउ परेका ८ जनाविरुद्ध राज्यविरुद्धको कसूर र राष्ट्रिय झण्डाको अपमान वा क्षति गर्न नहुने सम्बन्धी कसूरमा मुद्दा चल्ने भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र अपराध महाशाखाले पक्राउ गरेका ८ जना व्यक्तिलाई दुई वटा मुद्दामा कानूनी कारबाही प्रक्रिया अघि बढाइने भएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले अनलाइनखबरलाई बताए अनुसार मुलुकी अपराध संहितामा भएको दुई कसूर अनुसार अनुसन्धान अघि बढाउन जिल्ला अदालत, काठमाडौंले ७ दिनको म्याद दिएको छ ।

onlinekhabar

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.