कोरोना नियन्त्रणकालागि १३ अर्ब ३६ करोडभन्दा बढी खर्च


काठमाडौं,५ भदौ- कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले १३ अर्बभन्दा बढी रुपैयाँ खर्च गरेको छ ।
बिहीबारको मन्त्रिपरिषद्‌को बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै अर्थ र सञ्‍चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले सरकारले कोरोना भाइरसको नियन्त्रणका लागि गरेको खर्चको विवरण सार्वजनिक गरेका हुन् ।
उनका अनुसार कोरोना नियन्त्रणमा चैतदेखि साउन मसान्तसम्ममा १३ अर्ब ३६ करोड ७० लाख रुपैयाँभन्दा बढी रकम खर्च भएको छ ।

खतिवडाका अनुसार संघीय सञ्‍चित कोषणबाट ५ अर्ब ८५ करोड रुपैयाँ खर्च भएको छ । उक्त रकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट २ अर्ब १७ करोड, रक्षा मन्त्रालयबाट २ अर्ब ३७ करोड खर्च भएको छ ।

यसैगरी गृह मन्त्रालयबाट २० करोड ८३ लाख, परराष्ट्र मन्त्रालयबाट ६ लाख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ४ करोड ४९ लाख र सहरी विकास मन्त्रालयबाट १ करोड २९ लाख रकम खर्च भएको छ ।

कोभिड कोषबाट त्यस अतिरिक्त एक अर्ब तीन करोड रुपैयाँ खर्च भएको छ ।

त्यसैगरी प्रदेश सरकारहरुबाट एक अर्ब ४९ करोड ७० लाख रुपैयाँ खर्च भएको छ । जस अनुसार प्रदेश १ मा २० करोड ७१ लाख, प्रदेश २ मा १७ करोड दुई लाख, वागमती प्रदेशले १३ करोड ६७ लाख, गण्डकी प्रदेशले १४ करोड ५४ लाख, प्रदेश ५ ले १० करोड ५९ लाख, कर्णाली प्रदेशले २६ करोड २६ लाख र सुदूरपश्‍चिम प्रदेशले ४२ करोड ४८ लाख रुपैयाँ खर्च गरेको छ ।

त्यसैगरी स्थानीय तहबाट ६ अर्ब २ करोड रुपैयाँ खर्च भएको प्रवक्ता खतिवडाले जानकारी दिए ।

उक्त रकम औषधी र स्वास्थ्य सामग्री, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन र क्‍वारेन्टिन र अन्य क्षेत्रमा खर्च भएकोसमेत प्रवक्ता खतिवडाले बताए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope