देशभर ८३७ संक्रमित थपिए, ११ जनाको मृत्यु

५ भाद्र २०७७, शुक्रबार १०:४८

काठमाडौं, ५ भदौ – नेपालमा पछिल्लो २४ घण्टामा ८३७ जना कोरोना संक्रमित थपिएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा पछिल्लो २४ घण्टामा ८३७ जनामा कोरोना संक्रमण भएको हो ।योसंगै संक्रमितको संख्या देशभर ३० हजार ४८३ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार हालसम्म १८ हजार २१४ जनाले कोरोना जितेर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा २५० जना डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा ११ जनाको ज्यान गएको मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै मृतकको संख्या १३७ पुगेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.