अनलाइन खबरमा कार्यरत ९ जना पत्रकारलाई कोरोना संक्रमण

६ भाद्र २०७७, शनिबार २३:४७

काठमाडौं, ७ भदाै -अनलाइन खबर डटकममा कार्यरत ९ जना पत्रकार संक्रमित भएका छन् । फोटो पत्रकारसहित डेस्कमा कार्यरत ९ जना पत्रकारलाई कोरोना पुष्टि भएको स्रोतले जनाएको छ ।सुरुमा एक जनालाई कोरोना संक्रमण भएपछि उनको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलन गरिएको थियो ।त्यस क्रममा ९ जनामा कोरोना पुष्टि भएको स्रोतले जनाएको छ । स्वाब लिइएकामध्ये केहीको रिपोर्ट आउन बाँकी छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.