पर्सा र चितवनमा थप तीनजना संक्रमितको मृत्यु

६ भाद्र २०७७, शनिबार ०२:००

काठमाडौं : आज पर्सा र चितवनमा गरी तीनजना कोरोना संक्रमितको ज्यान गएको छ।  पर्सास्थित सुगौली बिर्ताका कोरोना संक्रमित ५८ वर्षीय पुरुष र बहुदरमाई नगरपालिका बहुअरीका ६१ वर्षीय पुरुषको गएराती र आज बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ।

यससँगै वीरगञ्‍जमा अहिलेसम्म ३६ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्‌। प्रशासन कार्यालयका अनुसार दुवै जनाको वीरगञ्ज हेल्थ केयर (नारायणी कोभिड अस्पताल) मा मृत्यु भएको हो। ५८ वर्षीय पुरुषको भदौ ४ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियो।  

चितवनस्थित पुरानो मेडिकल कलेजमा पनि गएराती हेटौंडाकी कोरोना संक्रमित महिलाको ज्यान गएको छ। उपचारका लागि भदौ ३ गते चितवन आएकी उनको बिहीबार राती मृत्यु भएको हो। अस्पताल आउनासाथ कोरोना संक्रमण भएरनभएको थाहा पाउन उनको स्वाब नमूना निकालिएको थियो।
Read more at: https://thahakhabar.com/news/105927

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.