पूर्वप्रधानमन्त्री माधव नेपालको सुरक्षार्थ तैनाथ सात प्रहरीलाई कोरोना

६ भाद्र २०७७, शनिबार ०१:४५

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको निवास कोटेश्‍वरको सुरक्षामा तैनाथ सातजना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण भएको छ।

नेता नेपाल निवासको सुरक्षा टोली र ड्राइभरसहित सातजनामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरुमा संक्रमण पुष्टि भएपछि आइसोलेसनमा लगिएको छ। उनीहरुसँग सम्पर्कमा आएका अन्यको पनि परीक्षणका लागि स्वाब संकलन गरिएको छ। नेता नेपालको सुरक्षामा तैनाथ प्रहरीको टोलीमा कोरोना पुष्टि भएपछि  अर्को टोली कोटेश्‍वर आइसकेको छ।

नेता नेपालको सचिवालयका एकजना सदस्यका अनुसार सुरक्षाकर्मीबाहेक अन्यलाई कोरोना देखिएको छैन। ‘नेता नेपालसहित परिवार र  सचिवालयका सदस्यहरुको परीक्षण गराउँदा नेगेटिभ रिपोर्ट आइसकेको छ’, उनले भने। 
Read more at: https://thahakhabar.com/news/105912

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.