बुटवलमा मलामी गएकाहरुमा कोरोना संक्रमण, १५ जनामा पुष्टि


बुटवल, ६ भदौ – बुटवलमा एक महिलाको दाहसंस्कारमा सहभागीहरुलाइ कोरोना संक्रमण पुष्टि हुन थालेको छ। क्यान्सरका कारण मृत्यु भएकी बुटवल उपमहानगरपालिका-११, कालिकानगरकी ४९ वर्षीया महिलाको परिवारलगायत उनको मलामी गएका समेत गरि अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
बुटवल उपमहानगरपालिकाकी स्वास्थ्य उपसंयोजक गीता पाण्डेले मलामी कति गएका थिए भन्ने एकिन संख्या त थाहा नभएको तर सयभन्दा बढी नै भएको सुनिएको बताइन्। उनिहरुको पहिचान गरि स्वाव संकलन गर्न थालिएको उनले बताइन ।
चितवनको भरतपुर अस्पतालमा क्यान्सरको किमोथेरापी गर्ने क्रममा गत साउन १८ गते ती महिलाको मृत्यु भएको थियो। उनका आफन्तले कोरोनाको शंका गरेपनि अस्पतालका चिकित्सकले किमोथेरापीका क्रममा हृदयाघातले मृत्यु भएको भन्दै कोरोना परीक्षण नगरी शव पठाइदिएका थिए।
ती महिलाको दाहसंस्कारमा सहभागी उनको देवरलाई कोरोनाका जस्तै लक्षण देखिन थालेपछि पीसीआर परीक्षण गराउँदा साउन २२ गते उनमा कोरोना पुष्टि भएको थियो ।
ती मृतक महिलाको परीक्षण नै नगरिएकाले उनलाई थियो कि थिएन, अन्योल भएको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्यले बताइन । तर उनकै दाहसंस्कारमा सहभागी सुरुमा देवर र त्यसपछि क्रमशः परिवारका अन्य सदस्यसहित आफन्त, छिमेकीलाई कोरोना पुष्टि भएकाे हाे।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope