भरतपुरमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

६ भाद्र २०७७, शनिबार २३:५४

चितवन, ७ भदौ – भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचाररत कोरोना भाइरस संक्रमित एक महिलाको मृत्यु भएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ निवासी ६५ वर्षीया महिलाको शनिबार साँझ ७:२६ बजे मृत्यु भएको हो। उनको मृत्यु भएपछि साँझ रिपोर्ट पोजिटिभ आएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।
ती महिलाको पुरानो मेडिकल कलेजबाट भदौ १ गते नै स्वाब संकलन गरी परीक्षणका लागि भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला पठाइएको थियो। तर रिपोर्ट नआउँदै मृत्यु भएको हो।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.