सुन कागती(एक परिचय)
राजेन्द्र दुलाल
सुन कागती नेपाली बजारमा अत्यधिक रूचाईएको कागती हो । नेपाली बजारमा प्रति गोटा १० देखी १५ रूपैंयामा गरिद विक्रि हुने कागती को ८०% बजार माग भारत बाट पुर्ती गरिन्छ ।
जबकी हाम्रै देशको तराई तथा पहाडको (समुन्द्री सतह देखी १७०० मिटर सम्म)पाखो बारिमा पनि यसको खेती मज्जाले गर्न सकिन्छ । यो जातको कागती को रूख धेरै ठूलो हुँदैन। विरूवा रोपेको छ महिना देखी एक वर्षमा फल्ने र औसत ३० देखी ४० ग्राम सम्म तैल हुने यो कागतीको फल पाकेपछी पंहेलो हुन्छ ।
फल चाँडै नसड्नु / नबिग्रिनु र बारै मास फलिरहनु यसको विशेषता हो । यसका लागी चाहीने मल र पानी को व्यवस्थापन गरी व्यवस्थित रूपमा एक पटक रोपेको यो कागती को बोटको औषत आयु २० देखी २५ बर्ष सम्म हुने गर्छ।
यसको बोट जति ठूलो हुँदै गयो त्यति नै धेरै फल लाग्ने गर्दछ॥ कागती खेतीका लागी असार र श्रावण महिना अति उपयुक्त मौसम मानिन्छ तयसैले ढिलो नगर्नुहोस् आफ्नै देशमा आफ्नै गाउमा व्यवस्थित रूपमा व्यावसायिक संभावना उच्च भएको सुन कागतीको खेती गरी व्यावसायिक रूपमा कृषिमा आत्मनिर्भर बन्नुहोस!!
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस