चितवनमा थपिय २० कोरोना संक्रमित

७ भाद्र २०७७, आईतवार २२:४९

भरतपुर, ८ भदौ – चितवनमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

चितवनका, १४ नवलपुरका चार र मकवानपुर, गोरखा र बाराका एक/एक जनामा कोरोना पोजेटिभ देखिएको छ। उनिहरुको चितवन मेडिकल कलेज स्वाब संकलन केन्द्रबाट स्वाब संकलन गरिएको थियो ।

आइतबार गरिएको परीक्षणको रिपोर्ट सोमबार सार्वजनिक गरिएको हो।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.