काठमाडौँ उपत्यकामा २८ हजारको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरिने

८ भाद्र २०७७, सोमबार १०:०७

काठमाडौँ, ८ भदौ – काठमाडौँ उपत्यकाका सबै पालिकामा कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाउने उपत्यका नगरपालिका फोरमले निर्णय गरेको छ ।

फोरमको सोमबार बसेको बैठकले उपत्यकामा समूदायस्तरमै कोरोनाको संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै रोकथाम र नियन्त्रणका लागि उक्त निर्णय गरेको हो।

तत्कालै स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाउने निर्णय गरेको उपत्यका नगरपालिका फोरमका अध्यक्ष तथा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।

शाक्यले अहिलेसम्म उपत्यकाका १८ वटै पालिकाको तथ्याङ्क अनुसार २७ सय ४६ जना संक्रमित भेटिएको भन्दै त्यसका आधारमा करिब २८ हजार पाँचसयको कन्ट्याट ट्रेसिङ गर्नुपर्ने हुनसक्ने बताए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.