काठमाडौं उपत्यकाका ४ स्थानमा २ हजार बेडका आइसोलेसन बनाइँदै

८ भाद्र २०७७, सोमबार ०५:०९

काठमाडौं, ८ भदौ – स्वास्थ्य मन्त्रालयले उपत्यकाका विभिन्न ४ वटा स्थानमा २ हजार बेडका आइसोलेसन केन्द्र बनाउने भएको छ । लक्षणविनाका कोरोना संक्रमित राख्न आइसोलेसन बनाउन लागिएको मन्त्रालयले जनाएको छ ।

कीर्तिपुरको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र र चिकित्सा शास्त्र अध्ययन संस्थानको भवनमा २०० भन्दा बढी बेड, इचगुंमा रहेको एक भवनमा ५०० बेड र खरीपाटीको विद्युत् प्राधिकरणको भवनमा ५०० बेडको आइसोलेसन केन्द्र बनाउन लागिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले जानकारी दिए ।

त्यसैगरी दहचोकको मनमोहन मेडिकल कलेजको भवनमा ३०० भन्दा बढी बेडको आइसोलेसन केन्द्र आतबारदेखि नै सञ्चालनमा उनले आएको बताए । यसबाहेक उपत्यकाका विभिन्न अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा छुट्टै आइसोलेसन बेड बनाइएको उनको भनाइ छ ।

उपत्यकाका ४ स्थानका ठूलो स्तरमा र अन्य विभिन्न स्वास्थ्य संस्थामा सानो स्तरमा गरेर करीब २ हजार बेडको आइसोलेसन कक्षको व्यवस्थापन गरेको र गर्ने क्रममा रहेको विभागको भनाइ छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.