कोरोनाका कारण एकैदिन ८ को मृत्यु, ७४३ कोरोना संक्रमित थपिए


काठमाडौँ, ८ भदौ – गत २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।सोमबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ८ जनाको मृत्यु भएको जानकारी दिए । मृतकको संख्या १ सय ५७ जना पुगेको मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार नेपालमा थप ७ सय ४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ३२ हजार ६ सय ७८ जना पुगेको छ ।
गत २४ घण्टामा थप १ सय ७५ जनाले कोरोना जितेका छन् । निको हुनेको संख्या १८ हजार ८ सय ६ पुगेको डा. गौतमले जानकारी दिए ।


हाल देशभर १३ हजार ७ सय १५ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप १० हजार २ सय ३४ जनाको पीसीआर परीक्षण भएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope