ठुलो परिमाणको अवैध जंगली जडीबुटीसहित एक महिला पक्राउ


पोखरा, ८ भदौ– जिल्ला प्रहरी कार्यालय लमजुङको टोलीले अवैध जंगली जडीबुटीसहित एक महिलालाई पक्राउ गरेको छ । लमजुङ प्रहरीको टोलीले आइतबार लमजुङको बेसीसहर नगरपालिका–७ मा बस्दै आएकी ३८ वर्षिया सिद्धीमाया तामाङलाई पक्राउ गरेको हो ।
घरमा अवैध रूपमा जंगली जडीबुटी लुकाईछिपाई राखेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले तामाङको घरमा खानतलासीका क्रममा विभिन्न प्रजातीका अवैध जंगली जडीबुटी बरामद गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
जडीबुटी डालिङ ४७६ किलो १ सय ग्राम, वन लसुन १ सय ५४ किलो, कुड्की २४ किलो ६ सय ग्राम, जटामसी १४ किलो ९ सय ग्राम, सुगन्धवाल १८ किलो ३ सय ग्राम, सतुवा ४ किलो ४ सय ग्राम र वन आलु २ किलो ८ सय ग्राम गरी जम्मा ६ सय ९५ किलो १ सय ग्राम जडीबुटी नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेकी तामाङसहित बरामद भएका जडीबुटीलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय लमजुङ पठाएको प्रहरीले जनाएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope