बागलुङमा भदौ १५ गतेसम्म लम्बियो निशेधाज्ञा

८ भाद्र २०७७, सोमबार ०८:१३

बागलुङ, ८ भदौ– जिल्ला प्रशासन कार्यालय बागलुङले भदौ १५ गतेसम्मका लागि बागलुङ नगरक्षेत्रमा निशेधाज्ञा बढाएको छ । सोमबार बसेको सरोकारवालाको बैठकले उक्त निर्णय गरेको हो ।
बागलुङ नगरपालिकाको अनुरोध र सरोकारवालाको बैठकको निर्णयपछि जिल्ला सुरक्षा समितिले निशेधाज्ञा लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए । यो साताको निशेधाज्ञामा बैंक, सहकारी संस्था, बित्तिय संस्था पनि पूर्ण रुपमा बन्द हुने बताइएको छ । अत्यावस्यक खाद्य तरकारी लगायतका पसल बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र खुलाउने उल्लेख छ ।
कोरोना संक्रमितमा लक्षण देखिएकालाई धौलागिरी अस्पताल तथा धौलागिरी बहुमुखी क्याम्पस र नदेखिएकालाई धौलागिरी बहिरा विद्यालयमा राख्ने निर्णय समेत भएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.