बुटवलका कोरोना संक्रमित पुरुषको भक्तपुरमा मृत्यु

८ भाद्र २०७७, सोमबार ०४:५७

काठमाडौं, ८ भदौ – कोरोना संक्रमणबाट भक्तपुरस्थित सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत ५४ वर्षीय पुरुषको मृत्यु भएको छ ।

बुटवल निवासी उनको आइतबार दिउँसो मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।
मृगौला रोग पीडितसमेत रहेका पुरुष डायलासिस गराउँदै आएका थिए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.