काठमाडाैं, ८ भदौ -एघार दिनअघि जुगल गाउँपालिका–२ लिदीको लामागाउँ पहिरामा बेपत्ता भएकामध्ये छ जना अझै बेपत्ता भएका छन ।
आइतवार एक जनाको शव फेला परेको र अन्यको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
आइतवार ७२ वर्षीया महिला वाङ्ची ल्हामो दोङको शव फेला परेको काफ्लेले जानकारी दिए । पहिरामा ज्यान गुमाउनेको संख्या ३३ पुगेको छ । छ जना अझै बेपत्ता छन् । हालसम्म शव फेला परेकामध्ये १६ पुरूष र १७ महिला छन् ।

बेपत्ताको नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सेनाकोटोलीले खोजी कार्य गरिरहेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.