भदौ १३ गते नेकपाले बोलायो सचिवालय बैठक

९ भाद्र २०७७, मंगलवार ०२:५३

काठमाडौं,९ भदौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलले सचिवालयको मिति तय गरेको छ । सचिवालय बैठक भदौ १३ गतेलाई तय भएको प्रचण्डको प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

दुई अध्यक्षबीच मंगलवार भएको छलफलमा भदौ ६ गते महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल भएको थियो । अध्यक्षद्वयले यसलाई प्रस्ताव बनाएर सचिवालयमा पेस गर्ने कार्यसूची रहेको छ ।

अब बस्‍ने सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति तोक्ने छ । स्थायी कमिटी बैठक साउन १८ गतेदेखि अवरूद्ध छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.