भरतपुर अस्पतालको आइसोलेसनबाट भागे एक सङ्क्रमित

९ भाद्र २०७७, मंगलवार ००:४५

चितवन,९ भदौ – भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक सङ्क्रमित भागेका छन् । भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय पुरुष मंगलवार बिहान ५ बजे भागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

भदौ ५ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा ल्याएर उपचार गराइएको प्रहरीले जनाएको छ । अस्पतालको आइसोलेसनबाट भागेका उनको खोजी भइरहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.