सवारीचालक अनुमतिपत्र नवीकरण गर्न भदौ मसान्तसम्म जरीवाना नलाग्ने

९ भाद्र २०७७, मंगलवार ०४:२८

काठमाडौं, ९ भदौ – सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्न भदौ मसान्तसम्म जरीवाना नलाग्ने भएको छ ।

लकडाउनको अवधिमा म्याद सकिएकाले भदौ मसान्तसम्म नवीकरण गर्दा जरीवाना नलाग्ने भएको हो । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै बन्दाबन्दीको कारणले ढिलो भएबापत् बुझाउनु पर्ने शुल्क जरीवाना मिनाहा गरेको बताएको छ ।

सेवाग्राहीलाई चैत ११ पछि म्याद सकिएको भए भदौ मसान्तसम्म कुनै जरीवाना नलाग्ने विभागले जनाएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.