के हो ड्रागन फ्रुट (सिम्थी फल)? यसका सोचे भन्दा बढि फाइदा


ड्रागन फ्रुट एक फल हो। यो फललाई नेपालीमा सिम्थी फल भनेर चिनिन्छ साथै यसलाई lktof(pitaya-fruit) पनि भनिन्छ । ड्रागन फ्रुट अंग्रेजी नाम हो । ड्रागन फ्रुट क्याक्टस बर्गमा पर्छ । यो फल थाइल्याण्ड, भियतनाम, इजरायल र श्रिलँका लगायतका देशहरुमा निकै लोकप्रिय छ । नेपालमा यो फलको फाट्टफुट्ट गरिएको खेती हाल आएर व्यावसायिक रुपमा गरिन थालिएको छ । यो फलको खेती पानी कम पर्ने ठाउँहरुमा एकदम राम्रो हुन्छ । ड्रागन फ्रुटलाइ सजावट तथा फल उत्पादन दुबै प्रयोजनकालागी प्रयोग गरिन्छ ।

यसका फाईदाहरुः

ड्रागन फ्रुट सेबनका धेरै फाइदाहरु छन् । विशेष गरी सुगर र कोलेस्ट्रालका विरामीहरुका लागि यो हितकर छ । यसमा प्रोटिनको प्रशस्त मात्रा पाइन्छ, जसले गर्दा सुगर र कोलेस्ट्रोललाई नियन्त्रणमा राख्न यसले धेरै मद्दत गर्दछ । यो एन्टिअक्सिडेन्टको राम्रो श्रोत भएकाले बाथ रोगका बिरामीहरुलाइ धेरै लाभदायक छ । त्यतिमात्र हैन यसले मुटु पनि स्वस्थ राख्दछ ।

यो फलको शेवनले शरीरको तौललाइ सन्तुलन राख्न मद्दत गर्छ । यसले मानिसलाई सधै जवान राख्न भूमिका खेल्छ, बुढो हुने प्रक्रिया पनि ढिलो गराउँछ । साथै आस्माका रोगिहरुको लागि सहयोगी पनि छ । यो भिटामिन र मिनिरल्सको राम्रो श्रोत हो ।

ड्रागन फ्रुट लगाउने तरिकाः

ड्रागन फ्रुट थोरै मलिलो माटो र तापक्रम मा धेरै भिन्नता भएको ठाउँमा पनि रोप्न सकिन्छ । उष्ण क्षेत्र यो खेतिको लागि उत्तम मानिन्छ । ड्रागन फल खेतिको लागि वार्षिक न्युनतम ५० cm बर्षा र २०-३० डिग्री सेन्टिग्रेट सम्म तापक्रम चाहिन्छ । यदि धेरै घाम लाग्ने ठाउँ छ भने छायाँ प्रदान गरि राम्रो उत्पादन लिन सकिन्छ ।

यसको लागि हल्का बलौटे देखि दोमट माटो उपयुक्त हुन्छ । प्राङ्गारिक मल धेरै भएको र पानीको निकास राम्रो भएको ठाउँ राम्रो मानिन्छ । माटोको 5.5 देखी 7 हुँदा यसको खेती राम्रो हुन्छ । माटो मसिनो हुने गरेर जोतेर झारहरु सफा गरि प्राङ्गारिक मल आवश्यकताअनुसार हाली बिरुवा रोप्न सकिन्छ । प्राङ्गारिक मल ५,१० टनप्रती हेक्टर हाल्नु पर्छ ड्रागन फ्रुटको प्रशारण र रोप्ने तरिका ड्रागन फ्रुटको प्रचलित प्रशारण विधि कटिङ गरेर नै गर्ने हो । यसको बिउबाट बिरुवा बन्न धेरै समय लाग्ने र बिउबाट फलमा मात्र गुणमा परिवर्तन आउने हुँदा फल राम्रो लाग्दैन त्यसैले व्यावसायिक खेती गर्न बिउबाट उत्पादित बिरुवाले सम्भव छैन ।

गुणस्तरीय बिरुवाबाट २० f\ cm को कटिङ गरि लगाउँदा राम्रो हुन्छ । कटिङ गरिएको बिरुवा राम्ररी पाकेको गोबर मल, माटो र बालुवाको मिश्रण १:१:२ अनुपातमा बनाएर रोप्नु पर्छ । एक बिरुवा देखि अर्को बिरुवाको दुरी २ मिटर हुन आवश्यक छ । खाल्डो ६०६०६० f\ cmको खन्नु पर्छ र गोबर, माटो र बालुवाको मिश्रण सङ १०० नच फोस्फेट राखेर बिरुवा रोप्नु पर्छ । एक रोपनीमा २ सय १० वटा बिरुवा रोप्न सकिन्छ ।

मलखाद :

प्राङ्गारिक मलखादले ड्रागन फ्रुटको वृद्धि र बिकासमा निकै ठूलो भुमिका खेल्छ । प्रत्येक बिरुवामा १०-१५ पन प्राङ्गारिक मल हाल्नुपर्छ । हरेक बर्ष २ पनका दरले प्राङ्गारिक मल बढाउदै लैजानु पर्छ । बिरुवा रोपीसकेपछी फुल फुल्नु अघि, बोटमा फल लाग्ने समयमा र फल टिपि सकेपछी मलखादको ब्यबस्था गर्नुपर्छ। प्राङ्गारिक मल सङै पोटास ५० नच, सुपर फोस्फेट ५० नच र युरिया १०० नच हाल्नु उपयुुक्त हुन्छ ।

सिंचाइ:

अन्य बिरुवालाई भन्दा ड्रागन फ्रुटलाइ थोरै पानी भएपनि हुन्छ । तथापि बिरुवा रोप्ने समय, फुल फुल्ने समय, फल लाग्ने समय र धेरै गर्मी हुने समयमा मिलाएर सिंचाइ गर्न आवस्यक छ । ड्रागन फ्रुट खेतीको लागि थोपा सिंचाइ प्रयोग गर्नु उत्तम हुन्छ ।

रोग तथा किरा :

हाल सम्म ड्रागन फ्रुटमा कुनै रोग तथा किराको संक्रमण देखा परेको छैन । फल लाग्ने समय ड्रागन फ्रुट लगाएको पहिलो बर्षमा नै फल लिन सकिन्छ । साधारणतया यो फल मे – जुन तिर फुल फुल्ने र अगष्ट – डिसेम्बर तिर फल लाग्ने हुन्छ । ठाउँको तापक्रम अनुसार फुल फुल्ने र फल लाग्ने समयमा केही तलमाथि हुनसक्छ । फल पाक्नु अघि हरियो रङको हुन्छ र पाक्न थालेपछि रातो रङमा परिणत हुन्छ । यसरी रङ परिवर्तन भएको ३—४ दिन पछि फल टिप्न योग्य हुन्छ ।

राजेन्द्र दुलाल कृषि ब्यबसाय गर्छन


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope