माइक्रोसफ्ट वर्डमा ट्रान्सक्रिप्सन सेवा

१० भाद्र २०७७, बुधबार ०५:४५

एजेन्सी, १० भदौ – माइक्रोसफ्ट वर्डमा ट्रान्सक्रिप्सन सेवा थपिएको छ। कम्पनीले माइक्रोसफ्ट ३६५ का ग्राहकहरुका लागि यो सेवा सार्वजनिक गरेको हो।

यो सेवा अहिलेका लागि भने अनलाइन भर्सनको वर्डमा पनि उपलब्ध हुने छ। कम्पनीले अन्य प्ल्याटफर्महरुमा विस्तारै थप गर्दै जाने घोषणा गरेको छ।

यो सेवासँगै वर्डमा नयाँ मेन्यु थपिएको छ। नयाँ डिक्टेशन थप भएको हो। यसबाट अबदेखि आफ्नो भ्वाइसलाई सम्पादन गरी शब्दमा उतार्न सकिने छ।

लाइभ तथा रेकर्ड गरिएको भ्वाइसलाई शब्दमा उतार्न सकिने छ। यसमा एमपी थ्री,वेभ, एफोरए र एमपीफोर अडियो फर्म्याटमात्र सपोर्ट गर्ने छ।

तर यसमा रेकर्ड गरिएको फाइल अपलोड गर्दा ३ सय मिनेटसम्मकोमात्र सपोर्ट गर्ने छ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.