वीरगञ्ज र बिराटनगरमा ३ जना कोरोना संक्रमितको मृत्यु

१० भाद्र २०७७, बुधबार ०४:०६

काठमाडौं, १० भदौ – बुधबार वीरगञ्ज र बिराटनगरमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मंगलबार राती वीरगञ्जस्थित वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा बाराका दुई जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो । कलैया उपमहानगरपालिका–१ का ६६ वर्षीय पुरुष र विश्रामपुर गाउँपालिका–१ छतवाका ४२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

यस्तै महोत्तरीका कोरोना संक्रमित पुरुषको बिराटनगरमा मृत्यु भएको छ । बिराटनगरको न्युरो अस्पतालमा भर्ना भएका महोत्तरीका ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.