वुधबार थप ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि

१० भाद्र २०७७, बुधबार ०७:३४

काठमाडौँ, १० भदौ – नेपालमा थप ८ सय ८५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८ सय ८५ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै संक्रमितको संख्या ३४ हजार ४ सय १८ जना पुगेको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ३ सय ८५ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या १९ हजार ५ सय ४ पुगेको छ ।

हाल देशभर १४ हजार ७ सय ३९ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप १३ हजार २ सय ५३ जनाको पीसीआर परीक्षण भएको थियो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.