एकैदिन ११ सय ११ जनामा कोरोना पुष्टि


काठमाडौं,११ भदौ – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरमा थप १ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

यो एकैदिन संक्रमित हुनेमध्येको अहिलेसम्मकै उच्च हो।

सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ। पछिल्लो २४ घण्टामा १२ हजार ६९९ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा थप ५६९ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २० हजार ७३ पुगेको छ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope