सांकेतिक तस्विर

बागलुङ, ११ भदौ – जंगली साग खाँदा बागलुङको काठेखोला गाउँपालिका वडा नं ५ बिहुँमा एकै परिवारका चार जना गम्भिर बिरामी परेका छन् ।

स्थानीय भाषामा झिरे नाम गरेको साग खाएका बिहुँको रिजालचोकका चुडामणी कँडेलको परिवार गम्भिर बिरामी परेका हुन् । उनीहरु अर्धचेत अवस्थामा रहेको धौलागिरी अस्पताल बागलुङले जनाएको छ ।


बुधबार साँझ गाउँकै एक जना वृद्धले दिएको साग खाएका उनीहरु रातीदेखिनै बिरामी परेपछि बिहिबार धौलागिरी अस्पताल बागलुङमा ल्याईएको थियो । चारै जना अर्धचेत अवस्थामा रहेकाले थप उपचारका लागि गण्डकी अस्पताल पोखरा रिफर गरिएको अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले बताए ।


बिरामी पर्नेमा कँडेलकी ७२ वर्षकी आमा, ३८ वर्षकी श्रीमती र १९ वर्षका छोरा हुन् ।
कँडेल परिवारलाई जंगली साग दिएका स्थानीय भारतीय पूर्व सैनिक वृद्धसमेत अर्धचेत अवस्थामै रहेको उनले बताए । प्रहरीलाई जानकारी गराएर उनको उपचार र घटनाको विषयमा जानकारी लिन लगाईएको कँडेलले बताए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.