बागलुङमा समुदायका ८ जनामा कोरोना संक्रमण


बागलुङ, ११ भदौ– बागलुङमा समुदायका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिकाका ७ जना र काठेखोला गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बागलुङ नगरपालिका–३ हाडेपाखाको परिवारमा संक्रमण देखा परेपछि कन्ट्रयाक ट्रेसिङमा परेका र बानपाकै गुठीमा लमजुङबाट आएका नेपाली सेनाका जवानमा संक्रमण देखिए पछि ट्रेसिङमा परेकाहरुमा संक्रमण पुष्टि भएको हो ।

प्रदेश क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बागलुङ नगरपालिका–३ का बालिका सहित ३ जना महिला, बागलुङ नगरपालिका–१० का एक पुरुष, बानपा ६ का एक पुरुष, नेपाली सेनाको व्यारेकका एक जना जवान, बानपा–१ रामरेखाका एक पुरुष र काठेखोला गाउँपालिका–८ का एक पुरुषमा संक्रमण पुष्टि भएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode