स्याङ्जामा थप एक हप्ता निषेधाज्ञा

११ भाद्र २०७७, बिहीबार ०६:४०

पोखरा, ११ भदौ – स्याङ्जामा थप एक हप्ता निषेधाज्ञा थप गरिएको छ ।

बिहीबार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ १८ गतेसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

छिमेकी जिल्लाहरुमा कोरोना संक्रमणको दर बढ्दो क्रममा रहेकाले स्याङ्जा पनि उत्तिकै जोखिममा रहेको निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।

निषेधाज्ञाको अवधीमा अत्यावश्यक सेवाबाहेक सबै बन्द रहने क्षेत्रीले बताए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.